अमेरिकी डाक्टरहरुले गरे विश्वमै पहिलो पटक मुटु र थाइमसको सफल प्रत्यारोपण

हेल्थपोस्ट नेपाल

काठमाडौं–अमेरिकी चिकित्सकहरुले विश्वमै पहिलोपटक एक बालकमा मुटु र थाइमसको सफल प्रत्यारोपण गरेका छन्। इस्टन नामक बालकमा प्रत्यारोपण गरेर मेडिकल इतिहासमै सफलता पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो प्रत्यारोपणले अंग प्रत्यारोपणमै क्रान्ति ल्याउने विश्वास चिकित्सकहरुको छ। शल्यक्रियाको केही महिनापछिको परीक्षणले ती बालकको स्वास्थ्यमा उल्लेख्य सुधार भएको पाइएको जनाइएको छ।

थाइमसको प्रत्यारोपणपछि बालकको शरीरले महत्वपूर्ण कोषहरु निर्माण गरिरहेको पाइएको छ, जसले उसलाई जीवनभर एन्टी–रिजेक्सन औषधि लिनुपर्ने आवश्यकतालाई घटाउनेछ अथवा सम्भवतः त्यस्तो आवश्यकतालाई समाप्त नै पार्नेछ। थाइमस ग्रन्थी मुटुनजिकै छातिमा हुन्छ।

थाइमस ग्रन्थी मुटुनजिकै छातिमा हुन्छ

ड्युक युनिभर्सिटी अस्पतालका चिकित्सक जोसेफ टुरेकले आफूहरु यसबाट उत्साहित भएको उल्लेख गर्दै भनेका छन्, ‘यसले भविष्यमा अंग प्रत्यारोपणको मार्गलाई नै परिवर्तन गर्न सक्नेछ।’

थाइमस ग्रन्थीले शरीरमा टी–कोष विकास गर्न सहयोग गर्छ, जसले शरीरका बाहिरी तत्वसँग लड्न मद्धत गर्छ।

बालक इस्टनलाई मुटु र थाइमस एकै व्यक्तिबाट प्राप्त भएको जनाइएको छ।

इस्टन कमजोर मु्टु र प्रतिरोधी प्रणालीमा समस्या भएको अवस्थामा जन्मिएका थिए। उनले सुरुमा सातमहिना लाइफ सपोर्टबाट अस्पतालमा बिताएका थिए। त्यसक्रममा थुप्रै पटक मुटुको अपरेशन गरिएको थियो। यसका साथै पटक–पटक दोहोरिरहने संक्रमणको उपचार गरिएको थियो।

एफडीएले अगष्ट २०२१ बाट इस्टनको मुटुको प्रत्यारोपणका लागि प्रक्रिया अघि बढाउन स्वीकृति दिएको थियो।



Leave a Reply

Your email address will not be published.