थप १९४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–पछिल्लो २४ घण्टामा नेपालमा थप १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ९४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा थप १ जनाको मृत्यु भएको छ भने ३ सय ४८ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजा र८ सय ७५ छ। सोमबार २ लाख ३ हजार ६सय २५ जनालाई खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published.