को हुन् टाइम पत्रिकाको ‘उत्कृष्ट’ सूचीमा परेका १२ महिला? [फाेटाे फिचर]
![को हुन् टाइम पत्रिकाको ‘उत्कृष्ट’ सूचीमा परेका १२ महिला? [फाेटाे फिचर]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/03/time.jpg)
काठमाडौं–अमेरिकी पत्रिका ‘टाइम’ ले विश्वभरका प्रभावशाली १२ महिलालाई समेट्दै ‘वुमन अफ दि इयर’ सूची सार्वजनिक गरेको छ। अझ बढी समान विश्व सिर्जना गर्न महत्वपूर्ण योगदान दिएकाले सम्मानस्वरुप उनीहरुलाई उत्कृष्ट महिलाको सूचीमा राखिएको टाइम पत्रिकाले जनाएको छ।
१२ महिलामा मानव अधिकार कानुनव्यवसायी अमल क्लूनी, अफगान पत्रकार जाहरा जोया, अमेरिकी अभिनेत्री केरी वाशिङटन, गायिका केसी मसग्रेभ्स, सफ्टवेयर इन्जिनियर ट्रेसी चोउ, बेलायती नर्स जेनी जोसेफ, कवि अमान्दा जोरम्यान, धावक एलिसन फेलिक्स, नास्दाक प्रमुख कार्यकारी एडिना फ्रिडम्यान, कानुन व्यवसायी शेरिलिन इफिल, नागरिक अधिकार कार्यकर्ता अमान्दा एनगुयेन र समलिंगी अभिनेत्री मिचेला जे रोड्रिगेज छन्।







