चीनमा फेला परे थप २१४ कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

बेइजिङ–चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेका छन्। चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन्।

तीमध्ये अधिकांश चीनभित्रै रहने व्यक्ति रहेको नेशनल हेल्थ कमिसनले सोमबार जनाएको छ।

चीनको हेबेइ, ग्वांगोग र जिलिनमा ती संक्रमित पाइएका हुन्। पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ। चीनको नेशनल हेल्थ कमिसनले उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढेको पाइएको छ।



Leave a Reply

Your email address will not be published.