चीनले तीन सन्तान नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने

काठमाडौं–चीनले तीन सन्तानको नीतिलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। चीनमा ६ वर्ष अगाडि दुई सन्तानको नीति ल्याइएको थियो भने गत वर्षदेखि तीन सन्तानको नीति ल्याइएको हो।
बिग्रँदै गएको जनसंख्या असन्तुलनलाई मिलाउन र भविष्यमा आउने संकटलाई समाधान गर्न तीन सन्तानको नीति ल्याइएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
यस्तै, सुत्केरी महिलालाई बिदाको सुविधा थप गर्ने, परिवार संख्याका आधारमा रोजगारीमा प्राथमिकता दिने, बाल उद्यान पार्कको व्यवस्था गर्ने, शिशु भएका परिवारलाई विभिन्न छुट र आर्थिक सुविधा दिने कार्यक्रमहरु ल्याइएको छ।