काठमाडौं उपत्यकामा अझै १११९ सक्रिय संक्रमित, थप ३१ मा संक्रमण पुष्टि

काठमाडौं–काठमाडौं उपत्यकामा अझै १११९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार उपत्यकाका तीन जिल्लामा उक्त संख्यामा सक्रिय संक्रमित रहेका हुन्।
जसअनुसार काठमाडौंमा ४७९, भक्तपुरमा ५५ र ललितपुरमा ५८५ सक्रिय संक्रमित रहेका छन्। हाल नेपालभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा जम्मा २४ जनामा कोरोना संक्रमित भेटिएका छन् भने भक्तपुरमा १ जना र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ।
हाल २५ जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छ भने अन्य ५२ जिल्लामा कोरोनाशून्य रहेको छ। पछिल्लोपटक कोरोना संक्रमण पुष्टि भएका जिल्लामा खोटाङ, झापा, मोरङ, महोत्तरी, सप्तरी, काठमाडौं, धादिङ, नुवाकोट, भक्तपुर, मकवानपुर, ललितपुर, कास्की, गोरखा, नवलपरासीपूवर्व, बागलुङ, अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, बर्दिया, बाँके, रुपन्देही, जाजरकोट, कन्चनपुर र कैलाली रहेका छन्।