५३८ जना संक्रमणमुक्त हुँदा ६८ संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे विवरण अनुसार ४ हजार ९२९ जनाकाे नमुना परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो।
याे अवधिमा ५३८ जना संक्रमणमुक्त भएका छन् भने थप दुईजना संक्रमितकाे निधन भएकाे छ। हाल नेपालमा ६ हजार ४६१ जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ।