यी हुन् बढुवाका लागि प्रक्रिया र कागजात नपुगेका १८१ नर्सिङ कर्मचारी [सूचीसहित]
![यी हुन् बढुवाका लागि प्रक्रिया र कागजात नपुगेका १८१ नर्सिङ कर्मचारी [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/03/swasthya-seba-bivag-scaled.jpg)
काठमाडौं–स्वास्थ्य सेवा विभागले स्तरवृद्धिका लािग २०७८ असारसम्म निवेदन दर्ता गराउने नर्सिङ कर्मचारीमध्ये १८१ जनाको ‘कैफियत’ सूची सार्वजनिक गरेको छ।
विभागले ती कर्मचारीको निवेदनमा प्रक्रिया तथा कागजात अपुग भएको विवरण सार्वजनिक गरेको हो। जसमध्ये केहीको दुर्गम प्रमाणित कागजात नभएको, स्तरवृद्धिका लागि आवश्यक सेवा अवधि नपुगेको, कासमू र काउन्सिल अपडेट नभएको, कासमूमा पुनरवलोकन समितिका एक जनाको मात्र दस्तखत भएको, स्तर वृद्धिका पत्रहरु नभएको विभागले औंल्याएको छ।