भारतमा कोरोनाभाइरसबाट थप पाँच हजार नौ सय संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली–भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहेको छ।

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ९२१ जना सङ्क्रमित भएका छन्।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन्।

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ७८ हजार ७२१ पुगेको छ ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ । ती मध्ये २८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

गत शुक्रबार एक दिनमा भारतमा नौ लाख ४० हजार ९०५ जनाको कोरोना परीक्षण गरिएको छ ।



Leave a Reply

Your email address will not be published.