थपिए १२६ कोरोना संक्रमित, १ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा १२६ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ३३ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा थप १ जनाको मृत्यु भएको छ भने ३ सय ८५ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ४२ छ। उक्त अवधिमा ३७ हजार १ सय ९२ जनालाई खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published.