नेपाल फर्मा एक्स्पो २०२२ वैशाख ९ देखि चितवनमा

हेल्थपोस्ट नेपाल

काठमाडौं–आगामी वैशाख ९ देखि ११ गतेसम्म ‘नेपाल फर्मा एक्स्पो २०२२’ हुने भएको छ। नेपाल औषधि उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गरी चितवनको भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा एक्स्पो गर्न लागेको जानकारी दिएको हो।

एक्स्पोमा नेपाल र विदेशका गरि १६० स्टल रहनेसमेत जनाइएको छ। जसमध्ये औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगहरुले भाग लिने आयोजकले जनाएका छन्।

एक्स्पोका संयोजक नारायणबहादुर क्षेत्रीले नेपालमा उत्पादन भइरहेका औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन प्रविधीमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीन प्रििधको ज्ञान दिने उद्धेश्यले एक्स्पो आयोजना गर्ने लागिएको बताए।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपाली औषधि उत्पादक कम्पनीहरु देशलाई आवश्यक पर्ने औषधि उत्पादन गर्न सक्षम रहेको बताए। काठमाडौं बाहिर दोस्रोपटक चितवनमा हुन लागेको एक्स्पोमा करिब १५ हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने सघंको विश्वास रहेको छ। यसअघि पनि एक्स्पो चितवनमा नै भएको थियो।



Leave a Reply

Your email address will not be published.