भारतमा थपिए ६ हजार संक्रमित

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली-भारतमा कोरोनाभाइरसबाट थप छ हजार सङ्क्रमित भएका छन्। केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण पनि अघिल्लो दिनको तुलनामा कम देखिएको छ।

सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ३९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सोही अवधिमा १३ हजार ४५० जना सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ६९ हजार ८९७ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ।

पछिल्लो एक दिनमा कोरोनाका कारण २०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १४ हजार ५८९ पुगेको छ ।



Leave a Reply

Your email address will not be published.