१०५ कोरोना संक्रमित थपिए, २ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय २४ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ भने ३ सय २० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ४४ पुगेको छ।



Leave a Reply

Your email address will not be published.