वैद्य निरीक्षक दुवाडीलाई स्वास्थ्य मन्त्रालयले गर्यो बर्खास्त

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक शोभा दुवाडीलाई सेवाबाट बर्खास्त गरेको छ।
मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै दुवाडीलाई भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो।
लोकसेवा आयोग उजुरी तथा विभागीय सजाय परामर्श शाखाबाट प्राप्त परामर्शअनुसार स्वास्थ्य सेवा ऐन २०५३ अनुसार २०७६ पुस ११ गतेबाट लागू हुने गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ।