भारतमा थपिए साढे ६ हजार संक्रमित, ४६ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा साढे ६ हजार कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले बिहीबार बिहान जारी गरेको तथ्यांकअनुसार उक्त अवधिमा ६ हजार ५ सय ६१ संक्रमित थपिएका हुन्।

भारतमा नयाँ संक्रमणका साथै सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ। बुधबार साढे ७ हजार संक्रमित थपिएका छन्। हाल भारतमा सक्रिय संक्रमणको दर ०.१८ रहेको छ भने संक्रमणमुक्त दर ९८.६२ प्रतिशत नाघेको छ।

यस्तै, २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ भने १४ हजार ९ सय ४७ संक्रमणमुक्त भएका छन्। दैनिक सक्रिय संक्रमितको दर ०.७४ रहेको छ।

सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा २५ हजार ७ सय १५ रहेको छ भने महाराष्ट्रमा १० हजार १ सय ६ र मिजोरममा ६ हजार ४ सय २१ रहेको छ।

 



Leave a Reply

Your email address will not be published.