युक्रेनमा अर्का भारतीय मेडिकल विद्यार्थीको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–युक्रेनमा अर्का भारतीय विद्याथीको मृत्यु भएको छ। पञ्जाब राज्यका २२ वर्षीय चन्दन जिन्दल नामक विद्यार्थीको मृत्यु भएको हो। यद्यपि उनको मृत्यु रुसी आक्रमणका क्रममा नभई स्ट्रोकका कारणले भएको बताइएको छ।

उनी युक्रेनको विनित्सिया मेडिकल युनिभर्सिटीमा अध्ययनरत भएको बताइएको छ। उनको उपचारका क्रममा निधन भएको हो।

यसअघि मंगलबार भारतको कर्नाटकका नवीन नामका विद्यार्थीको खारकिभमा भएको हमलामा गोली लागेर मृत्यु भएको थियो।



Leave a Reply

Your email address will not be published.