नेपालमा थपिए १२७ कोरोना संक्रमित, ३ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा १२७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८ सय ७४ जनाको परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ३ जनाको मृत्यु भएको छ भने ३ सय २१ जना संक्रमण मुक्त भएका छन्।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय ७० रहेको छ भने मंगलबार ३५ हजार ७ सय ८८ जनालाई खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published.