निर्वाचनसम्म सबै नागरिकलाई खोप दिनुपर्छः राष्ट्रिय सभा अध्यक्ष

हेल्थपोस्ट नेपाल

काठमाडौं–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहको निर्वाचनसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा दिलाउनुपर्ने बताएका छन्।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनसम्म नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

नेपालका राजनीतिक दलहरुले पनि कोरोना भाइरसविरुद्धको खोपको विषयलाई प्राथमिकताका साथ अघि सार्नुपर्ने उनले बताए। सबै जनताले खोप लगाउँदा राजनीतिक दललाई पनि फाइदा हुने र उनको भनाइ छ।



Leave a Reply

Your email address will not be published.