युक्रेन युद्धको असरः सरोगेट सन्तानको सुरक्षाका लागि छट्पटी र बेचैनी

हेल्थपोस्ट नेपाल

काठमाडौं–युक्रेनको किभलगायतका सहरमा रुसी सेनाले आक्रमण तीव्र पारिरहेको छ। आक्रमणबाट बँच्न हजारौं युक्रेनीहरु अण्डरग्राउण्डको बम सेल्टरमा लुक्न बाध्य छन्। यही भीडमा छन्, सरोगेट आमाहरु, जो युक्रेनको फस्टाउँदो प्रजनन उद्योगका अंग हुन्।

युक्रेन सरोगेसीका लागि अमेरिकापछि विश्वकै दोस्रो ठूलो गन्तव्य हो, जहाँ विभिन्न मुलुकमा दम्पतीहरु सरोगेसी सेवाका लागि पुग्छन्। यहाँ सरोगेसी वैध छ। एक अनुमानअनुसार युक्रेनमा सरोगेसीबाट बर्सेनि २ हजारदेखि २ हजार ५ सय बालबालिकाहरु जन्मन्छन्। युक्रेनका गैरसरकारी संस्थ ‘ग्रोइङ फेमेलिज’ का अन्तर्राष्ट्रिय निर्देशक साम इभरिंघामका अनुसार युक्रेनका विभिन्न क्लिनिकमा अमेरिका, बेलायत, आयरल्याण्ड, अस्ट्रेलियासहित मुलुकका १ हजार ५ सय दम्पतीका सरोगेट र भ्रुण छन्।

युद्ध सुरु भएपछि ती दम्पत्तिहरु युक्रेनमा रहेका आफ्ना ‘सरोगेट आमा’ र तिनले गर्भमा हुर्काइरहेका बच्चाका बारेमा चिन्तित देखिएका छन्। युक्रेनी सीमामा रुसको तैनाथीदेखि नै उनीहरुले क्लिनिकहरुमा बारम्बार फोन गरेर सरोगेटहरुको अवस्थाको जानकारी लिइरहेका थिए। केही क्लिनिकहरुले पनि आक्रमणको सम्भावनालाई दृष्टिगत गर्दै उनीहरुलाई तुलनात्मक रुपमा सुरक्षित मानिएको पश्चिमी क्षेत्रमा सारेका छन्।

‘बायोटेक्सकम’ नामक फर्टिलिटी क्लिनिकले त सरोगेट र तिनबाट जन्मिएका शिशुलाई जोगाउन राजधानी किभमा बम सेल्टर बनाएका छन्। सेल्टर ग्यास मास्क, स्लिपिङ ब्याग, क्यान फुड र सामुद्रिक खानाजस्ता सुविधायुक्त छन्। ती सेल्टर २ सय जना अट्ने क्षमताका छन्।

युक्रेनका अधिकांश फर्टिलिटी क्लिनिक राजधानी किभमै छन्। युरोपेली युनियनको सदस्य संस्था युरोपियन सोसाइटी अफ ह्युमन रिप्रोडक्सन एण्ड इम्ब्रोइलोजीका अनुसार युक्रेनमा कम्तीमा पनि ३३ निजी तथा ५ वटचा सरकारी फर्टिलिटी क्लिनिक छन्।

अस्ट्रेलिया र आयरल्याण्डका दम्पती, जो युक्रेनमै अड्किए
अस्ट्रेलियाका ग्लेन म्याकगिल (परिवर्तित नाम) आफ्नो बच्चाका बारेमा निकै चिन्तित छन्। ‘यदि तपाईंको बच्चा बलिरहेको घरभित्र छ भने आफ्नो रगत बचाउन तपाईं घरभित्र दौडनुहुन्न?’, उनले भने। यो दम्पतीले एक युक्रेनी महिलालाई सरोगेट राखेको छ। उनी ३६ महिनाकी गर्भवती छिन् र यसै मार्च महिनामा बच्चालाई जन्म दिँदैछिन्।

उनीहरुले सन्तान जन्मिएपछि युक्रेन जान भनेर किभको फ्लाइट बुक पनि गरिसकेका थिए।

तर सन्तान जन्मने मिति नजिकिँदा दुर्भाग्यवश युक्रेनमा युद्ध सुरु भयो। सबै अन्तर्राष्ट्रिय उडान रद्ध भए। उनीहरु यहीकारण अस्ट्रेलियामा बसेर छट्पटाइरहेका छन्।

यो अस्ट्रेलियाली जोडी सन्तानको चाहनामा ७ वर्ष थुप्रै फर्टिलिटी क्लिनिक चहार्‍यो। यहीक्रममा अस्ट्रेलियामा आफ्नो भ्रुण सञ्चित गरेका थिए। युक्रेनको एक फर्टिलिटी क्लिनिकका एक प्रतिनिधि अस्ट्रेलियासम्म पुगेर भ्रुणलाई किभ ल्याए। भ्रुण प्रत्यारोपणपछि म्याकगिल र उनकी पत्नी अंग्रेजीबाट युक्रेनी भाषा अनुवाद गर्ने एपमार्फत् सरोगेटसँग सम्पर्कमा रहँदै आएका थिए।

‘हामी सरोगेटसँग निरन्तर सम्पर्कमा रहँदै आएका थियौं, अब उनको र उनका परिवारको अवस्थाका बारेमा चिन्तित छौं,’ उनले भने।

उनीहरुका सरोगेट किभको एउटा अपार्टमेन्टमा बस्छिन्। ‘हामी निरन्तर युक्रेनका खबरहरु हेरिरहेका छौं र बच्चा र सरोगेटको बारेमा प्रार्थना गरिरहेका छौं, हामी उपायविहीन छौं,’ म्याकगिलले भने।

आइसिल फेमिली थ्रु सरोगेसी (आइएफटीएस) नामक संस्थाका अनुसार युक्रेन आइरिस दम्पतीका लोकप्रिय गन्तव्य हो। हरेक वर्ष ४० दम्पतीसम्म युक्रेनमा सरोगेसीका लागि जान्छन्। आइएफटीएसकी प्रवक्ता सारा बायर्नकै दुई वर्षीया छोरी किभमै सरोगेसीमार्फत् जन्मिएकी हुन्। युद्ध भइरहँदा जन्मने मिति भएका सरोगेटहरुका लागि आफूहरुले समन्वय गरिरहेको उनले बताइन्।

सन्तानको सुरक्षाका लागि छट्पटी

सन् २०१५ मा भारत, थाइल्याण्ड र नेपालले विदेशीहरुका लागि सरोगेसीलाई अवैध बनाएपछि सन्तानको चाहना गर्नेहरु युक्रेनतिर सोझिए। युक्रेनले समलिंगी जोडी र एकल महिलालाई समेत सरोगेसीका लागि स्वीकृति दिन्छ।

अमेरिकाको तुलनामा युक्रेनमा सरोगेसी सेवा सस्तो छ। यहाँका क्लिनिकहरुले सरोेगेसी र सम्बन्धित प्रजनन उपचारका लागि ३० हजार देखि ५० हजार डलरसम्म लिन्छन्। जबकि अमेरिकामा यसका लागि १ लाख डलर तिर्नुपर्छ। लाग्ने खर्च क्लिनिक, आवश्यक पर्ने प्रजनन चक्रजस्ता विभिन्न कुरामा भर पर्छ।

युक्रेन सरोगेसीका लागि लोकप्रिय हुनुको अर्को कारण यहाँका महिलाहरु सजिलैसँग सरोगेसीका लागि तयार हुन्छन् र महिलाहरुले १० हजार देखि १५ हजार पाउण्डसम्म लिन्छन्। युक्रेनमा भ्रुण दिने पुरुषको नाम गोप्य राखिन्छ।

 



Leave a Reply

Your email address will not be published.