राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो डाक्टर, नर्ससहित २० कर्मचारी

हेल्थपोस्ट नेपाल

काठमाडौं–सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदहरुमा करार कर्मचारीका लागि आवेदन आव्हान गरेको छ। केन्द्रले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी आवेदन आव्हान गरेको हो।

जसअनुसार रजिस्ट्रार एनेस्थेरियोलाजी एण्ड क्रिटिकल केयरमा २ जना, रजिस्ट्रार पल्मोनोलोजीमा १ जना, रजिस्ट्रार प्रत्यारोपण शल्यचिकित्सा तथा हेपाटिको–प्यानक्रियाटो विलियरी सर्जरीमा १ जना र मेडिकल अधिकृत २ जना माग गरिएको छ।

यस्तै, स्टाफ नर्स ९ जना, मेडिकल ल्याब टेक्निसियन १ रेडियोग्राफर २ र एनेस्थेसिया असिस्टेन्ट २ जना मागरिएको छ। ती पदमा फागुन १८ देखि २१ दिनभित्र आवेदन दिन आव्हान गरिएको छ।



Leave a Reply

Your email address will not be published.