भारतमा थपिए साढे ७ हजार संक्रमित, २२३ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा ७ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार ७ हजार ५ सय ५४ संक्रमित थपिएका हुन्।

योसँगै कूल संक्रमितको संख्या ४ करोड २९ लाख ३८ हजार ५ सय ९९ पुगेको छ। उक्त अवधिमा १४ हजार १ सय २३ संक्रमित निको भएका छन् भने २ सय २३ जनाको मृत्यु भएको छ।

भारतमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख १४ हजार २ सय ४६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८५ हजार ६ सय ८० छ। भारतमा १ अर्ब ७७ करोड ७९ लाख ९२ हजार ९ सय ७७ जनाले खोप पाइसकेका छन्।



Leave a Reply

Your email address will not be published.