१५८ जनामा संक्रमण पुष्टि, २ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा १५८ जनामा संक्रमण पुष्टि भएको छ।

६ हजार ५ सय ४ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म पीसीआर परीक्षणतर्फ ९ लाख ७७ हजार जनामा र एन्टिजेनतर्फ १ लाख ३९ हजार ४ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ।

उक्त अवधिमा ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको संक्रमणका कारण मृत्यु भएको छ। २४ घण्टामा १ लाख ८ हजार १ सय ४० जनालाई खोप लगाइएको छ।



Leave a Reply

Your email address will not be published.