कर्णाली सरकारः कस्ता छन् स्वास्थ्यमा चार महिनाको कार्यप्रगति?

हेल्थपोस्ट नेपाल

काठमाडौं–कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ। प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले पत्रकार सम्मेलनमार्फत् चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन्।

सार्वजनिक विवरणअनुसार कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये पहिलो मात्रा खोप ५१ प्रतिशतले र दोस्रो मात्रा खोप ४८ प्रतिशतले लगाएका छन्। १२ देखि १७ वर्षसम्मका सबै लक्षित समूहले कोभिडविरुद्धको खोप लगाइसकेको र ३२ हजारभन्दा धेरैले बुस्टर डोज लगाएको मुख्यमन्त्री शाहीले बताए।

कोभिड–१९ प्रतिकार्यका लागि खोपको प्रभावकारिता बढ्दै गएको मुख्यमन्त्री शाहीले बताए। जसका कारण कर्णालीमा कोभिड–१९ संक्रमणका कारण यो अवधिमा शून्य मृत्यु रहेको बताए।

कर्णालीको भौगोलिक विकटता, पहुँचविहीन र सीमान्तकृत नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर बन्द रहेका प्रदेशभरका आधारभूत सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरिएको उनको भनाइ छ। स्वास्थ्य कार्यालय दैलेख, कालीकोट, सल्यान, रुकुमपश्चिम, मुगु र जुम्ला (चन्दननाथ) नगरपालिकाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी शववाहन खरिदका लागि बजेट पठाइएको प्रदेश सरकारले जनाएको छ।



Leave a Reply

Your email address will not be published.