गाँजाः सुश्रुतसंहितादेखि चिकित्सकीय प्रयोगसम्म

हेल्थपोस्ट नेपाल

नेपालमा कानुनी रुपमा प्रतिबन्धित रहे पनि महाशिवरात्रिका बेला गाँजा चर्चामा रहने गर्छ। यसलाई लागुपदार्थको रुपमा लिइने गरिन्छ। यद्यपि यसको फाइदाका कारण यसलाई विश्वमा चिकित्सकीय रुपमा प्रयोगमा ल्याउने प्रयास भइरहेको छ।

विश्व स्वास्थ्य संगठनले गाँजाको प्रयोगलाई कैयौं रोगसँग जोडेको छ। मस्तिस्कीय क्षमताको क्षति, बोन्काइटिसजस्ता समस्यामा यसको प्रयोग गर्न सकिने र केही अध्ययनहरुले क्यान्सर, एड्स, दम र ग्लुकोमाजस्ता रोगको उपचारमा उपयोगी हुनसक्ने देखाएको डब्लुएचओको भनाइ छ।

तर गाँजाको चिकित्सकीय प्रयोगलाई स्थापित गर्न थप अध्ययन आवश्यक हुने डब्लुएचओले जनाएको छ।

केही वर्षदेखि गाँजामा औषधीय गुण छ भनेर स्थापित गर्ने प्रयास भइरहेको छ। गाँजामा पाइने क्यानाबिडियाेल (सीबीडी) नामक तत्वबाट दीर्घकालीक दुखाईकाे सफलतापूर्वक उपचार गर्न सकिने अध्ययनले देखाएको छ। भारतको मुम्बईस्थित टाटा मेमोरियल सेन्टरका सहायक प्राध्यापक नवीन सेलिङसका अनुसार सीबीडीले सकारात्मक परिणाम दिन्छ।

कुष्ठरोगका बिरामीमा सीबीडी थेरापीको प्रयोग हुन्छ। ‘एपीलेप्सी एण्ड बिहेभियर’ मा सन् २०१७ मा प्रकाशित अध्ययनका अनुसार यो थेरापीको सकारात्मक नतिजा देखिएको थियो, खासगरी छारेरोगबाट पीडित बालबालिकामा।

नेचुरल प्रोडक्ट्स एण्ड क्यान्सर ड्रग डिस्कभरीमा जुलाई २०१७ मा प्रकाशित अध्ययनका अनुसार सीबीडीमा क्यान्सरप्रतिरोधी औषधि बन्न सक्ने क्षमता हुन्छ। केमोथेरापीपछि यसले पीडाबाट राहत दिनेमात्र नभई क्यान्सरका कोशिका विकसित हुनबाट पनि रोक्छ।

वैदिककालदेखि प्रयोग
इन्टरनेशनल जर्नल अफ आयुर्वेद एण्ड फर्माक्युटिकल केमिस्ट्रीमा प्रकाशित एक अनुसन्धानका अनुसार चिकित्सा क्षेत्रमा गाँजाको प्रयोगका बारेमा अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। र, इशापूर्व १५०० मै प्रयोग भएको पाइन्छ। अथर्ववेदमा उल्लेख गरिएको भाङ पनि गाँजाकै एक रुप हो। यसलाई पाँच प्रमुख बिरुवामा एक मानिन्छ।

हिन्दु संस्कृतिमा होली पर्वका अवसरमा भाङ खाने प्रचलन छ। प्राचीन चिकित्सकीय ग्रन्थ सुश्रुतसंहितामा गाँजाको चिकित्सकीय प्रयोगको जानकारी पाइन्छ। यसको प्रयोग सुस्तपना र पखालामा भएको उल्लेख भएको छ।

‘क्यानाविसः इभोलुसन एण्ड इथनोबोटनी’ पुस्तकमा गाँजाको प्रयोगबारे प्राचीन साहित्य र हिन्दु धर्मग्रन्थमा उल्लेख गरिएको छ। पुस्तकका अनुसार १९ औं शताब्दिमा भारतीय उपमहाद्विप गाँजाको ठूलो उत्पादक र निर्यातक रहेको पाइन्छ।

परम्परागत चिनियाँ औषधिमा पनि गाँजाको प्रयोग हुने गर्छ। अमेरिकाको नेशनल इन्सिच्युट अफ हेल्थको नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनद्वारा प्रकाशित अनुसन्धानका अनुसार गाँजाको प्रयोग रेचक औषधिमा नरमपना ल्याउने प्रयोग गरिन्छ। यो चिनियाँ फार्माकोपियाको पनि हिस्सा हो। फार्माकोपिया मेडिकल औषधिलाई सूचीकृत गर्ने आधिकारिक प्रकाशन यो यसमा पनि विगतमा चिनियाँ सर्जनले मानिसलाई लठ्याउन गाँजाको प्रयोग गर्ने गरेको उल्लेख छ।

विश्वभर गाँजालाई अवैध मानिन्छ। नेपालमा गाँजाको खेतिलाई कानुनी मान्यता दिनुपर्ने भन्दै लबिइङ भइरहेको छ।

तर, वाशिङटनस्थित थिंक ट्याक केटो इन्सिच्युटको अध्ययनमा लागुपदार्थको प्रतिबन्धले यसको प्रयोगलाई समाप्त पार्ने नभई यसको कालो बजारमा वृद्धि गर्ने पाइएको थियो। प्रतिबन्धित गर्दा बजारमा खराब खालका औषधि आउने र त्यसबाट ओभरडोज र प्वाइजनिङको खतरा हुने उक्त संस्थाले बताएको थियो।

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नाले भनेका थिए, ‘जहाँ गाँजालाई वैधता दिइएको छ, त्यहाँ लागुऔषध र यससँग सम्बन्धित अपराधमा वृद्धि भएको छैन। हामीले कुन चिजलाई प्रतिबन्ध लगाउने र कुनलाई नलगाउने भन्ने विषयलाई सावधानीपूर्वक तय गर्नु आवश्यक छ। र, गाँजाको सम्भावित जोखिमका कारण यसलाई नियमन भने गर्नुपर्छ।’



Leave a Reply

Your email address will not be published.