ग्यास्ट्रिक बिरामीको भरोसा बन्दै स्टार अस्पतालको ‘जिआइ सेन्टर’[भिडियाेसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–ललितपुरको सानेपास्थित स्टार अस्पतालमा ‘जिआइ सेन्टर’ स्थापना गरिएको छ। यो अस्पतालमा गत मंसिरबाट सञ्चालनमा आएको जिआइ सेन्टर बिरामीको भरोसाको केन्द्र बनिरहेको छ।

अस्पतालले अत्याधुनिक सेवासुविधासहित विभिन्न रोगका बिरामीको उपचार गर्दै आएको छ। ग्यास्ट्रो रोगका बिरामीलाई अत्याधुनिक मेसिनसहित सेवासुविधा दिने उद्देश्यले अस्पतालको पाँचौं तलामा जिआइ सेन्टर स्थापना गरिएको छ।

आन्द्रा, पेट, ग्यास्ट्रोसम्बन्धी रोगका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्ने हिसाबले सेन्टर स्थापना गरिएको हो। ग्यास्ट्रो रोगका बिरामीलाई विशिष्ट श्रेणीको अत्याधुनिक सेवासहित सहुलियत दरमा स्वास्थ्य सेवा दिन सेन्टर स्थापना गरिएको जिआइ सेन्टरका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट ग्यास्ट्रोइन्टेरेलोजिस्ट डा. दिपेशलाल गुरुवाचार्यले जानकारी दिए।

आन्द्राबाट रगत बग्ने, मुखबाट रगत बग्ने, दिसामा रगत देखापर्ने लगायत रोगका बिरामीले जिआइ सेन्टरमार्फत् प्रत्यक्ष लाभ लिन सक्नेछन्।

यस्तै कलेजोसम्बन्धी रोग, पित्त नलीको रोगको उपचार गर्नका लागि इन्डोसकोपी अल्ट्रासाउन्ड प्रविधि पनि यो सेन्टरमा उपलब्ध गराइएको छ। रोग पत्ता नलागेका सबैखालका रोगको इन्डोस्कोपी अल्ट्रासाउन्डमार्फत् रोग पत्ता लगाई उपचार गराइने डा. गुरुवाचार्यले बताए।

वर्तमान समयमा अन्य अस्पतालले पनि ग्यास्ट्रो रोगसम्बन्धी उपचार दिइरहेका छन्। तर, स्टार अस्पतालको जिआइ सेन्टरले बिरामी जाँच र उपचार गर्न नयाँ–नयाँ उपकरण नेपालमा पहिलोपटक भित्र्याएको छ। जसले गर्दा अत्याधुनिक प्रविधिमार्फत बिरामीको रोग पत्ता लगाउनुका साथै उपचार गरिने गरेको अस्पतालको भनाइ छ।

‘जिआइ सेन्टर स्थापना गर्दा नयाँ–नयाँ मेसिन पहिलोपटक ल्याएका कारण लगानीको हिसाबले पनि धेरै खर्च भएको छ,’ डा. गुरुवाचार्यले भने, ‘जसले गर्दा बिरामीलाई केही महँगो पर्न गएको छ। हामीले यसका लागि कसरी थोरै गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं। अब हाम्रो उद्देश्य भनेको सस्तोमा उच्चस्तरीय स्वास्थ्य सेवा दिने हो।’

अस्पतालले हाल स्पेसल साना आन्द्रा हेर्ने पावर स्पापाडर (इन्ड्रोड्रसकोपी) मेसिन भित्र्याएको छ। जुन मेसिन नेपालमा यही अस्पतालमा मात्र रहेको सेन्टरका प्रमुख डा. गुरुवाचार्यको भनाइ छ।

‘विश्वमा भर्खर सार्वजनिक भएका ओलम्पस, पेन्टाक्स कम्पनीका अत्याधुनिक उपकरणसहित सेवा दिइरहेका छौं,’ गुरुवाचार्यले भने, सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा हामी हाम्रो टिमसँग निरन्तर छलफलमा छौं। अब चाँडै बिरामीलाई सहुलियत दरमा उपचार दिने छौं।’

अहिले सेन्टरमा ६ जना डाक्टरमार्फत सेवा दिइएको छ। स्टार अस्पतालले विभिन्न रोगका बिरामीको उपचार गर्नुका साथै स्वास्थ्य परामर्शसमेत दिँदै आएको छ।



Leave a Reply

Your email address will not be published.