थप १८० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कुल ८ हजार ३४१ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही समयावधिमा ४०० संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ भने ११ हजार ९३६ जनाको मृत्यु भएको छ।

हाल देशभर ८ हजार २३५ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ हजार २१ होम आइसोलेसनमा रहेका छन् भने २१४ संस्थागत आइसोलेसनमा रहेका छन्। यस्तै ८० संक्रमितको आइसियु र ६ को भेन्टिलेटरमा उपचार जारी छ।



Leave a Reply

Your email address will not be published.