ललितपुरमा कोरोनाविरुद्धको खोप अभियान

काठमाडौं – ललितपुर महानगरपालिकाले आज (फागुन १६) सम्पूर्ण वडा (१ देखि २९) मा खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। आज १२ वर्षदेखि माथिका खोप लगाउन छुटेका सबैलाई पहिलो तथा दोस्रो र दोस्रो मात्रा लगाएको ६ महिना पुगेकालाई बुस्टर डोज दिइएको महानगरले जनाएको छ।
महानगरले फाइजर खोप दिन लागेको हो। साथै खोप लगाउन आउँदा पहिलो डोजका लागि उमेर खुल्ने परिचयपत्र, दोस्रो वा बुस्टर डोजका लागि खोप कार्ड ल्याउन आग्रह गरिएको छ।
खोप कार्यक्रम बिहान १० बजेदेखि सुरु भएर दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ।