कोरोनाको चौथो लहरको चिन्ता : जुन महिनामा आउनसक्ने विज्ञको अनुमान

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना भाइरसको तेस्रो लहर हराउँदै गएका बेला अब चौथो लहर कहिले आउनसक्छ भन्ने विषय यतिखेर चर्चामा छ। अन्वेषकहरूले अब कोभिड-१९ को अर्को लहर भारतमा कहिले पुग्न सक्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्। वैज्ञानिकहरुले जुन २२ तिर देशमा कोरोनाको चौथो लहर आउने अनुमान गरेका छन्।

प्राप्त जानकारीका अनुसार कोरोनाको चौथो लहरको भविष्यवाणीले फेरि चकित बनाएको छ। आईआईटी कानपुरले गरेको अनुसन्धानले देशमा चौथो लहर २२ जुनमा सुरु हुनसक्ने आशंका व्यक्त गरेको छ। जुन २४ अक्टोबर अर्थात् ४ महिनासम्म रहन सक्छ।

यसअघि कोभिडसँग सम्बन्धित आईआईटीका वैज्ञानिकहरूले जति सम्भावनाहरू व्यक्त गरेका थिए ति लगभग सही थिए। कोभिडको चौथो लहर तेस्रो लहरभन्दा केही लामो समयसम्म रहनसक्ने अनुमान गरिएको छ। यद्यपि, चौथो लहरको संक्रमण कोरोनाको भेरियन्टमा निर्भर रहने बताइएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार चौथो लहरको सङ्ख्या अगस्ट १५ देखि अगस्ट ३१ सम्म चरम सीमामा पुग्नेछ। त्यसपछि यो विस्तारै कम हुन थाल्नेछ।



Leave a Reply

Your email address will not be published.