कोसी अस्पतालको शौचालयमा भेटियो शिशुको शव

काठमाडाैं- विराटनगरमा रहेको कोसी अस्पतालको एमरजेन्सी कक्षको शौचालयमा शिशुको शव फेला परेको छ।
आइतबार बिहान अस्पतालको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालले जानकारी दिएको छ।
विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले बताएका छन्।
प्रहरीले शिशुको मचुल्का उठाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ।