स्वास्थ्य सेवा दिवसः स्वास्थ्यकर्मी सम्मानित हुँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औं स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य सेवामा सहयोग गरेका स्वास्थ्यकर्मीहरुलाई पुरस्कार प्रदान गर्ने लागेको छ।

यस बर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा। जितेन्द्र कँडेललाई प्रदान गर्ने भएको छ। हाल बेनी अस्पतालमा कार्यरत रहेका डा। कँडेललाई मन्त्रालयमा हुने दिवसको विशेष कार्यक्रममा स्वास्थ्यमन्त्री विरोध खतिवडाले पुरस्कारबाट सम्मान गर्ने छन्। पुरस्कारको राशी १ लाख रुपैयाँ छ।

यसैगरी, ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कार बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेब योगेन्द्र कट्टेललाई प्रदान गरिने भएको छ। यस्तै, दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइने बताइएको छ।

 

सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङ छन्। डा शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङ छन्।



Leave a Reply

Your email address will not be published.