थप १५५ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार १५२ नमुना परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५४० संक्रमित संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ। यस्तै मृत्यु हुनेको कुल संख्या ११ हजार ९३४ पुगेको छ।

हाल देशभर ८ हजार ८३९ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ८ हजार ५७८ होम आइसोलेसनमा र २६१ संस्थागत आइसोलेसनमा रहेका छन्। ९२ संक्रमितको आइसियु र १४ को भेन्टिलेटरमा उपचार जारी छ।



Leave a Reply

Your email address will not be published.