थप २७५ जनामा कोरोना संक्रमण पुष्टि, ५५५ संक्रमणमुक्त

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ६२८ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५५५ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५५ हजार ४५८ पुगेको छ भने ११ हजार ९३२ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ९ हजार २८० सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ९ हजार २६ होम आइसोलेसनमा र २५४ संस्थागत आइसोलेसनमा रहेका छन्। ९२ संक्रमितको आइसियु र १५ को भेन्टिलेटरमा उपचार जारी रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.