वैदेशिक रोजगारीमा जानेहरुको नि:शुल्क पिसिआर परीक्षण हुने

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा जाने सबै कामदारको नि:शुल्क पिसिआर परीक्षण गरिदिने भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था गरिएको जानकारी दिएको हो।

संविधानको धारा ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुत गर्ने अभिप्रायले यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुले नि:शुल्क पिसिआर परीक्षण गराउन पाउनेछन्। तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.