दैनिक आधा घण्टाको ध्यानले बदल्नसक्छ तपाईंको मस्तिष्क

हेल्थपोस्ट नेपाल

काठमाडौं – संसारमा ध्यान गर्नेको संख्या बढ्दै गएको छ। ध्यान गर्नाले स्मरणशक्ति बढ्छ, मन शान्त रहन्छ र धेरै प्रकारका मानसिक रोगहरुको पनि उपचार हुन्छ। ध्यानमा संसारभर धेरै प्रकारका अनुसन्धानहरू भएका छन्। केही वर्षअघि गरिएको अनुसन्धानले नयाँ तथ्य बाहिर ल्याएको छ।

हरेक अनुसन्धानमा ध्यानको मानसिक र शारीरिक महत्त्व र उपयोगितालाई उजागर गरिएको छ। तर हालै पूर्वपेन्सिल्भेनियाको विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानले ध्यान र योगबाट व्यक्तित्वको विकास गर्न सकिने बताएका छन्।

यस अनुसन्धानमा शोधकर्ताहरूले पत्ता लगाएका छन् कि ध्यानले मस्तिष्कलाई कसरी तीन चरणमा एकाग्रचित्त गर्न सक्छ भन्ने। साथै, सक्रिय रहँदा पनि मस्तिष्कलाई हरेक बिन्दुमा सक्रिय बनाउन सकिन्छ। यस अनुसन्धानको क्रममा सहभागीहरूलाई एक महिनासम्म ३० मिनेट ध्यानको अवस्थामा राखिएको थियो । एक महिनापछि तिनीहरूको मस्तिष्कको क्रियाकलापहरूको मापन गरियो र तिनीहरूको मानसिक गतिविधिलाई निगरानी गरियो।

यस अनुसन्धानको नतिजाको रूपमा सहभागीहरूको मस्तिष्क र व्यवहारमा धेरै सकारात्मक परिवर्तनहरू आएको पाइयो। यस अनुसन्धानको विस्तृत नतिजा कग्निटिभ इफेक्ट्स एण्ड विहेभियरल न्यूरोसाइन्स जर्नलमा प्रकाशित भएको छ।



Leave a Reply

Your email address will not be published.