आयोगले सार्वजनिक गर्यो स्तरोन्नतिका लागि सहमति प्राप्त शिक्षण संस्थाको विवरण

काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्तरोन्नतिका लागि सहमति प्राप्त गरेका शिक्षण संस्थाको विवरण सार्वजनिक गरेको छ। आयोगले बिहीबार विवरण सार्वजनिक गरेको हो।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको गत पुस ३० गतेको पत्रसाथ चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा प्रि-डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिका लागि पेश भई कार्यकारी समितिको गत फागुन ५ गतेको निर्णयबाट स्तरोन्नतिका लागि शिक्षण संस्थाहरुलाई सहमति प्रदान गरिएको आयोगले जनाएको छ।
स्तरोन्नतिका लागि सहमति प्राप्त भएका शिक्षण संस्थाहरुमा संस्था स्तरोन्नतिको कार्य सम्पन्न भए पश्चात परिषदले अनुगमन गर्ने र तोकिएको मापदण्डका आधारमा सिट निर्धारण गरी आयोगमा पेश भएपछि सिट निर्धारण हुनेसमेत सम्बन्धित शिक्षण संस्थालाई आयोगले जानकारी गराएको छ।
विवरण-