१० लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार हालसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका हुन्।

मन्त्रालयका अनुसार हालसम्म १ करोड ८४ लाख ३८ हजार १५१ जनाले पहिलो मात्रा खोप लगाएका छन्। यस्तै १ करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन्। हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.