थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ९ हजार ६७८

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ७४३ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ५६२ संक्रमित संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ भने ११ हजार ९३१ संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ९ हजार ६७८ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ९ हजार ४०६ होम आइसोलेसनमा र २७२ संस्थागत आइसोलेसनमा रहेका छन्। ९३ संक्रमितको आइसियु र १७ को भेन्टिलेटरमा उपचार जारी छ।



Leave a Reply

Your email address will not be published.