नेपाली सेनालाई एकलाख मात्रा खोप उपहार

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ। नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन्। भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो।



Leave a Reply

Your email address will not be published.