थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले थप तीन ट्रमा सेन्टर स्थापना गरिने बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टरको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यसै वर्ष थप तीन वटा प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने बताएका हुन्।
मन्त्री खतिवडाले बिरामीको चाप बढेकोले अन्य तीन प्रदेशमा पनि ट्रमा सेन्टर स्थापना गरिने बताए।