ललितपुरमा १६ गते कोरोनाविरुद्धको खोप अभियान

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुर महानगरपालिकाले आगामी फागुन १६ गते सम्पूर्ण वडा (१ देखि २९) मा खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त दिन १२ वर्षदेखि माथिका खोप लगाउन छुटेका सबैलाई पहिलो तथा दोस्रो र दोस्रो मात्रा लगाएको ६ महिना पुगेकालाई बुस्टर डोज दिइने महानगरले जनाएको छ।

उक्त दिन फाइजर खोप दिइने पनि महानगरले जनाएको छ। साथै खोप लगाउन आउँदा पहिलो डोजका लागि उमेर खुल्ने परिचयपत्र, दोस्रो वा बुस्टर डोजका लागि खोप कार्ड ल्याउन भनिएको छ।

खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ।



Leave a Reply

Your email address will not be published.