‘कोरोनाको नयाँ भेरियन्ट निकै घातक हुनसक्छ’

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना भाइरसले अहिलेसम्म धेरै पटक आफ्नो रूप परिवर्तन गरेर विश्वभर चिन्ता बढाएको छ। यद्यपि, यी मध्ये केही भेरियन्ट खतरनाक सावित भए पनि कतिपयमा निकै हल्का लक्षण देखिएकाले मृत्युदर घटेको थियो। वैज्ञानिकहरूले पनि कोरोना भाइरसको कुन प्रकारले मानिसहरूलाई बढी असर गर्छ भन्ने बारे निरन्तर अध्ययन गरिरहेका छन्। र उनीहरुको दाबी पनि मिडियामार्फत बाहिर आइरहेको छ।

हालै बेलायतका चीफ मेडिकल अफिसर क्रिस व्हिट्टीले भाइरसलाई लिएर एक चेतावनी जारी गरेका छन्। उनले कोरोना भाइरसका केही नयाँ भेरियन्टहरू चाँडै देखिने बताएका छन्। जसमध्ये केही धेरै गम्भीर हुनसक्ने चेतावनी उनले दिएका छन्। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरस संक्रमित व्यक्तिहरूले अब आइसोलेट हुन आवश्यक नरहेको बताएपछि व्हिट्टीको यो बयान आएको हो।

‘मानिसहरूले कोरोना भाइरसबाट संक्रमित भएपछि सेल्फ-आइसोलेसन गर्नु आवश्यक छ’, उनले भने। साथै उनले बोरिस जोनसनको घोषणा पछि पनि मानिसहरूले प्रोटोकल पालना गरिरहने बताए।

उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनभन्दा पनि बढी संक्रामक र घातक हुनसक्ने बताए। जसले संक्रमण बढाउनुका साथै अस्पतालमा भर्ना हुने संक्रमितको संख्या पनि बढ्ने उनले चेतावनी दिए।



Leave a Reply

Your email address will not be published.