थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ४२४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ८३१ संक्रमित संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ भने ११ हजार ९२८ संक्रमितको मृत्यु भइसकेको छ।

हाल देशभर १० हजार ७४७ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १० हजार ३६७ होम आइसोलेसनमा र ३८० संस्थागत आइसोलेसनमा रहेका छन्। ११५ को आइसियुमा र १९ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.