लुम्बिनी प्रदेशका नागरिकले क्यान्सरको उपचारका लागि २ लाख पाउने

हेल्थपोस्ट नेपाल

काठमाडौं – बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले २ लाख रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा पाउने भएका छन्। लुम्बिनी प्रदेश सरकारले क्यान्सरका बिरामीलाई सो उपचार सुविधा दिने जनाएको छ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले क्यान्सर अस्पताल खजुरालाई विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत गरेपछि क्यान्सर अस्पतालमा उपचार गराउन आउने क्यान्सरका बिरामीले २ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने भएका हुन्। तर, यो सुविधा लुम्बिनी प्रदेशमा स्थायी घर भएका बिरामीले मात्र पाउने छन्।

अस्पतालका निर्देशक डा. कृष्ण आचार्यले प्रदेश सरकारको यो निर्णयले विपन्न नागरिकलाई उपचारमा राहत हुने बताए।



Leave a Reply

Your email address will not be published.