राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त

काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका हुन्।
उपकुलपतिका लागि तीनजनाको सिफारिस परेको थियो। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेका थिए।
राप्ती प्रतिष्ठानमा ‘उपकुलपति’को हानथाप- किनकि त्यहाँ सात अर्ब छ
राप्ती प्रतिष्ठानमा ‘योग्यता नपुग्ने’ व्यक्तिलाई उपकुलपति नियुक्त गर्न चलखेल