थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ११ हजार २८२

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार १४० नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा १ हजार २०५ संक्रमित संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ भने ११ हजार ९२५ जनाको मृत्यु भएको छ।

हाल देशभर ११ हजार २८२ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १० हजार ८१९ होम आइसोलेसनमा र ४६३ संस्थागत आइसोलेसनमा रहेका छन्। १३९ संक्रमितको आइसियु र १९ को भेन्टिलेटरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published.