महारानी एलिजाबेथ द्वितियलाई कोभिड सङ्क्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – ब्रिटेनकी महारानी एलिजाबेथ द्वितियलाई कोभिड सङ्क्रमण पुष्टि भएको बकिङघम राजदरवारले जनाएको छ। दरवारले महारानीलाई सामान्य चिसो लागेजस्तो लक्षणहरु देखिएको जनाएको छ।

‘उनी निरन्तर स्वास्थ्य निगरानीमा रहनेछिन् र आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्नेछिन्,’ दरवारले वक्तव्यमा भनेको छ। गत साता सङ्क्रमण पुष्टि भएका उनका जेठा छोरा प्रिन्स अफ वेल्ससँग उनको भेट भएको थियो। महारानीको निवास रहेको विन्डसर क्यासलमा धेरै जनालाई कोभिड सङ्क्रमण भएको बुझिएको छ।

९५ वर्षीय महारानीले यसै महिना आफ्नो शासनको ७० वर्ष पूरा गरेकी हुन्। बेलायतमा सबैभन्दा लामो शासन गरेकी महारानीको गत फेब्रुअरी ६ मा शासनको ७० वर्षे उत्सव मनाइएको थियो। त्यसको पूर्व सन्ध्यामा उनी तीन महिनापछि सार्वजनिक भेटघाटमा सामेल भएकी थिइन्।



Leave a Reply

Your email address will not be published.