२६२ संक्रमित थपिँदा १३ सय ३८ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांक अनुसार ९ हजार ८१५ जनाकाे नमुना परीक्षण गर्दा २६२ जनामा संक्रमण पुष्टि भएको हो।
याे अवधिमा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन् भने थप चार संक्रमितकाे निधन भएकाे छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको मन्त्रालयले जनाएकाे छ।