स्मरणशक्ति बढाउन चाहनुहुन्छ भने मज्जाले कम्तीमा साढे सात घन्टा सुत्नुस्

हेल्थपोस्ट नेपाल

काठमाडौं – निद्रा स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। तर कम निद्राले तपाईंको स्वास्थ्यलाई बिगार्छ। वासिङ्टन युनिभर्सिटीका शोधकर्ताहरूले आफ्नो अनुसन्धानमा अधुरो निद्रा वा पर्याप्त निद्रा नपुग्दा मस्तिष्कमा प्रत्यक्ष असर पर्ने बताएका छन्। अनुसन्धानकर्ताहरुका अनुसार यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ र आधा घण्टाअघि अलार्म लगाएर मात्र उठ्नुहुन्छ भने साढे सात घण्टा सुत्दा मस्तिष्कमा सकारात्मक प्रभाव पर्छ। अल्जाइमर रोगको जोखिम यसले कम गर्छ।

७५ वर्षको औसत उमेर भएका १०० जना वृद्धवृद्धामाथि गरिएको अनुसन्धानमा यो कुरा पुष्टि भएको हो। अनुसन्धानको लागि उनीहरुको निधारमा एउटा सानो मोनिटर बाँधिएको थियो। निद्राको बेला मस्तिष्कमा हुने क्रियाकलापको मोनिटरद्वारा जाँच गरिएको थियो।

औसत साढे चार वर्षसम्म चलेको अनुसन्धानले यसले मस्तिष्कको गतिविधिमा प्रभाव पार्ने देखाएको छ। बिरामीहरूमा अल्जाइमर रोगको लागि एक विशेष प्रकारको प्रोटिन जिम्मेवार हुन्छ। अनुसन्धानमा संलग्न वृद्धवृद्धाको मस्तिष्कको सेरेब्रोस्पाइनल फ्लुइडमा उक्त प्रोटिनको स्तर कति रहेको थियो भनेर अनुसन्धान हेरिएको थियो।

जसले प्रत्येक राति लगभग साढे ७ घण्टा सुते उनीहरुको सोच्ने र सम्झने झमता राम्रो पाइयो। यस्तै जो दिनहुँ ५ वा साढे पाँच घण्टा मात्र सुते उनीहरुमा यस्तो क्षमता कम पाइयो।

यसअघि भएको अनुसन्धानमा पनि अल्जाइमर रोग कम निद्रासँग पनि सम्बन्धित रहेको तथ्य बाहिर आएको थियो। अल्जाइमरका लक्षणहरूमा स्मरणशक्ति कमजोर हुनु, भ्रम सृजना हुनु र नयाँ कुराहरू बुझ्न ढिलाइ हुनुलगायत छन्। यिनीहरूबाट बच्न चाहनुहुन्छ भने कम्तीमा साढे सात घन्टा सुत्ने गर्नुस्।



Leave a Reply

Your email address will not be published.