थप ३५० जनामा कोरोना संक्रमण पुष्टि, चारको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ७ हजार ९६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा १ हजार २७२ संक्रमित संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ भने ११ हजार ९१७ जनाको मृत्यु भएको छ।

हाल देशभर १३ हजार ३५७ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा १२ हजार ८२८ र संस्थागत आइसोलेसनमा ५२९ संक्रमित रहेका छन्। यस्तै १४२ संक्रमितको आइसियु र १७ को भेन्टिलेटरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published.