बिहान आँखा खोल्नेबित्तिकै खानुस् यी ५ कुरा, विनाव्यायाम शरीर रहनेछ स्वस्थ

हेल्थपोस्ट नेपाल

काठमाडौं – बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिले तपाईं के गर्नुहुन्छ? फ्रेश हुन बाथरुम जानुहुन्छ होला, ब्रस गर्नुहुन्छ होला, हिड्न जानु हुन्छ होला वा हातमुख नधोइकन चिया–कफीको कप उठाउँदै पिउनुहुन्छ होला। यदि तपाईं यी सबै कुरा गर्नुहुन्छ भने यी मध्ये केही राम्रो हुनेछन् भने केही नराम्रो। तर के तपाईंलाई थाहा छ, हाम्रो आयुर्वेदले हामीलाई बिहान उठ्नेबित्तिकै केही यस्ता चीजहरू गर्न सल्लाह दिन्छ जसले हामीलाई फिट रहन मद्दत गर्दछ। आयुर्वेदका अनुसार व्यायाम गर्न नसके पनि केही चिजको सेवन गरेर तपाईं आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सक्नुहुन्छ। तर, यी चिजको सेवन तपाईंले बासी मुख नै गर्नुपर्ने हुन्छ। आउनुहोस् जानौं यी के हुन् जसको बिहान बासी मुखको सेवनले तपाईंलाई फिट राख्न सक्छ।

गुड़ खानुस् – आयुर्वेदमा गुड़लाई निकै फाइदाजनक मानिन्छ। आयुर्वेदका अनुसार गुड़को सेवन गर्नु तपाईंको सम्पूर्ण शरीरको लागि फाइदाजनक हुन्छ। र यदि तपाईं पनि मनतातो पानीमा गुड़ मिसाएर खानुहुन्छ भने यी दुवै चीजले तपाईंको शरीरको सबै फोहोर बाहिर निकालेर शरीरलाई उर्जा दिने काम गर्छ। यसो गर्नाले रगत शुद्ध मात्र हुँदैन, धेरै रोगबाट पनि टाढा भइन्छ। यसले एसिडिटी पनि हुन दिँदैन।

भिजाएको किसमिस – किसमिस एक ड्राई फ्रुट हो जसको सेवन तपाईंको लागि धेरै तरिकाले फाइदाजनक हुन सक्छ। तर जब तपाईं बिहान खाली पेटमा किसमिस खानुहुन्छ, यसले तपाईंको सम्पूर्ण शरीरलाई फाइदा पुर्‍याउँछ। किसमिसमा पाइने पौष्टिक तत्वले तपाईंलाई उर्जा दिने मात्रै होइन तपाईंलाई पेट भरिराख्न मद्दत गर्नुका साथसाथै अनुहारको चमक पनि बढाउने काम गर्छ। त्यसैले बिहान बासी मुखमा किसमिस भिजाएर खानुहोस्।

लसुन खानुस् – यदि तपाईं पाचनसम्बन्धी समस्याबाट हैरान हुनुहुन्छ भने पक्कै पनि तपाईंका लागि हरेक काम गर्न निकै कठिनाइ हुनसक्छ। किनभने खराब पाचनका कारण तपाईंलाई केही पनि खान वा पिउन मन लाग्दैन र तपाईंको स्वास्थ्य पनि राम्रो हुँदैन। यसका लागि तपाईं बासी मुखमा लसुन खानसक्नु हुन्छ। जुन पाचनका लागि रामबाण हो। यदि तपाईं पनि पेट फुल्ने समस्याबाट हैरान हुनुहुन्छ भने पनि यो निकै फाइदाजनक हुन्छ।

भिजेको बदाम – भिजेको किसमिसजस्तै भिजेको बदाम पनि बिहान बासी मुखमा खान सकिन्छ। यसमा प्रोटिन, ओमेगा-३ फ्याटी एसिड, भिटामिन ई, क्याल्सियम जस्ता धेरै पोषक तत्व पाइने भएकाले यसले तपाईंको शरीरलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ। त्यसैले हरेक बिहान उठेपछि भिजेको बदामको बोक्रा निकालेर खानुहोस् र शरीरलाई स्वस्थ बनाउनुहोस्।

एलोभेरा र मेवा खानुस् – यी दुवै फलफूलका स्वास्थ्य लाभको बारेमा तपाईंलाई राम्ररी थाहा हुनुपर्छ। यी दुवै चिज कोलेस्ट्रोल बढाउने जस्ता धेरै रोगमा मात्र नभई तौल घटाउन, रोग प्रतिरोधी क्षमता बढाउन, आँखाको ज्योति स्वस्थ राख्न र पाचन प्रणालीमा पनि फाइदाजनक हुन्छ। त्यसैले बासी मुख दुवै फलफूल थोरै मात्रामा खाएर स्वास्थ्यलाई राम्रो राख्न सकिन्छ।



Leave a Reply

Your email address will not be published.